जनकपुरविरुद्ध पोखराको ब्याटिङ
काठमाडौं । एापिएलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा पोखराले ब्याटिङ रोजेपछि जनकपुरले पहिला बलिङ गर्ने भएको छ ।
जनकपुर यो तेस्रो खेल हो । पहिलो खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेटले पराजित भएको जनकपुर दोस्रो खेलमा विराटनगर किंग्ससँग ९ रनले पराजित भएको थियो ।
प्रतियोगितमा पोखरा पनि जितविहीन छ । पहिलो खेलमा विराटनगरसँग ५३ रनले पराजित भएको पोखरा दोस्रो खेलमा सुदूपश्चिमसँग १८ रनले पराजित भएको थियो ।
गत संस्करणमा भएको खेलमा जनकपुरले पोखरामाथि ७ विकेटको जित हासिल गरेको थियो ।
