जेनजी आन्दोलनका क्रममा भागेका ४ हजार ८५७ कैदीबन्दी अझै फरार

द एभरेष्ट पोष्ट
१२ मंसिर २०८२ १४:२२
जेनजी आन्दोलनका क्रममा भागेका ४ हजार ८५७ कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भागेका ९ हजार ६९७ कैदीबन्दी फिर्ता भएका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार जेनजी आन्दोलनका क्रममा भागेका र फरार भएका ४ हजार ८५७ जना अझै बाहिरै छन् ।

उनीहरूलाई फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गरिरहेको उनले बताए ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठकलाई गृहमन्त्री अर्यालले यस्तो जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस