पोखरा एभेन्जर्सको ‘चौका–छक्का’ अब समुदायमा पानी ट्यांकी, टेनप्लास्ट–टेनस्टिलको ‘प्रभाब अभियान’ सुरु

द एभरेष्ट पोष्ट
१२ मंसिर २०८२ १२:४७
पोखरा एभेन्जर्सको ‘चौका–छक्का’ अब समुदायमा पानी ट्यांकी, टेनप्लास्ट–टेनस्टिलको ‘प्रभाब अभियान’ सुरु

काठमाडौं, १० मंसिर । पोखरा एभेन्जर्ससँग सहकार्य गर्दै टेनप्लास्ट र टेनस्टिलले खेलमैदानमा बनेका स्कोरलाई समुदायमा प्रत्यक्ष सहयोगमा रूपान्तरण गर्ने उद्देश्यसहित ‘टेनप्लास्ट प्रभाब अभियान’ सुरु गरेको छ। क्रिकेट खेलमा भएको प्रत्येक चौका–छक्का तथा जितका आधारमा पानी ट्यांकी वितरण गर्ने योजनासहित कम्पनीले आफ्नो सामुदायिक जिम्मेवारीलाई नयाँ रूप दिएको हो।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार–

प्रत्येक चौका : ३०० लिटरको टेनप्लास्ट पानी ट्यांकी

प्रत्येक छक्का : ५०० लिटरको पानी ट्यांकी

टिमले प्रत्येक खेल जित्दा : १००० लिटरको पानी ट्यांकी

कम्पनीका अनुसार खेलमार्फत जम्मा गरिने यी पानी ट्यांकीहरू स्वच्छ पानीको  अभाव रहेका, विद्यालय तथा स्थानीय संरचनामा उपलब्ध गराइने छन्। सुरक्षित पानीको पहुँच विस्तार, स्वास्थ्य सुरक्षामा सुधार तथा समुदायमा दीर्घकालीन प्रभाव सिर्जनालाई यस अभियानले लक्ष्य लिएको जनाइएको छ।

“अब मैदानमा बनेको प्रत्येक रन र प्रत्येक जित सीधै समुदायका लागि सहयोग बन्नेछ,” टेनप्लास्टले जनाएको छ। कम्पनीले सामुदायिक जिम्मेवारीलाई व्यवहारिक समाधानसँग जोड्ने यो अभियानलाई महत्वपूर्ण पहलका रूपमा लिएको बताएको छ।

प्रतियोगिता अघि बढ्दै जाँदा खेलप्रेमीहरूले मैदानको रोमाञ्चसँगै समाजमा पुगेको प्रत्यक्ष प्रभावलाई पनि नजिकबाट महसुस गर्न सक्ने कम्पनीको दाबी छ।

टेन समूहबारे
टेन समूह नेपालमा निर्माण सामग्री तथा औद्योगिक समाधान उपलब्ध गराउने अग्रणी व्यवसायिक समूह हो। टेन प्लास्ट, टेन स्टिल्स, मारुति ट्रेडर्स, मारुति व्यवसाय कन्सर्न, डी.आर. मल्टि ट्रेड र टेन मल्टि माइन्समार्फत समूहले निर्माण, कृषि तथा स्थानीय परियोजनामा आवश्यक सामग्री आपूर्ति गर्दै आएको छ। उत्पादन र व्यापारसँगै समूहले सामुदायिक सहयोग तथा दिगो विकासलाई आफ्नो प्रमुख जिम्मेवारीका रूपमा अघि बढाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस