चितवनले विराटनगरविरुद्ध ब्याटिङ गर्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा चितवन राइनोजले पहिले ब्याटिङ सुरु गरेको छ ।
विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेपछि चितवनले ब्याटिङको निम्तो पाएको हो ।
आजको खेलमा विराटनगरले विदेशी खेलाडी परिवर्तन गरेको छ । आज मार्टिन गप्टिलको स्थानमा राम हिजलेटलाई खेलाएको छ ।
चितवनले पनि एक परिवर्तन गरेको छ । बलर रिजन ढकालको स्थानमा रन्जित कुमारलाई खेलाएको छ ।
