एसिसी यू-१९ प्रिमियर कप : साउदीले दियो नेपाललाई ११९ रनको लक्ष्य

द एभरेष्ट पोष्ट
१० मंसिर २०८२ १५:००
एसिसी यू-१९ प्रिमियर कप : साउदीले दियो नेपाललाई ११९ रनको लक्ष्य

यूएईमा जारी एसिसी यू-१९ प्रिमियर कपमा साउदी अरेबियाले नेपाललाई २ सय १९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको माैका पाएकाे साउदीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रन बनायो ।

उसका लागि मोहम्मद जुबेर सुनसराले सर्वाधिक ४८, मोहम्मद रेहान सिद्धिकीले ४१, ओमैर अहमद वहाबले ३९, माज्दीले २५, कप्तान रेयान खानले १७ र हाशिर अहमद सज्जादले १६ बनाए ।

नेपालका लागि बलिङमा अशोक धामीले दुई तथा दयानन्द मण्डल, सुशीलबहादुर रावल, सिब्रिन श्रेष्ठ र दर्श सोनारले एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस