पावरप्ले: सुदूरपश्चिमको खराब सुरुवात, ६ ओभरमा २ विकेट गुमाएर २७ रन मात्र

द एभरेष्ट पोष्ट
९ मंसिर २०८२ १७:००
पावरप्ले: सुदूरपश्चिमको खराब सुरुवात, ६ ओभरमा २ विकेट गुमाएर २७ रन मात्र

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले पावरप्लेमा खराब प्रदर्शन गरेको छ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पावरप्ले सकिँदा महत्वपूर्ण २ विकेट गुमाएर मात्र २७ रन जोड्न सक्यो। कर्णालीका बलरहरूले कसिलो बलिङ गर्दै सुदूरपश्चिमका ब्याटरहरूलाई हात खोल्ने मौका दिएका छैनन्।

कर्णाली याक्सले खेलमा सनसनीपूर्ण सुरुवात गर्‍यो। कप्तान सोमपाल कामीले इनिङको पहिलो बलमै सुदूरपश्चिमका विष्फोटक ओपनर जोस ब्राउनलाई ‘बोल्ड’ गर्दै पेभेलियन फर्काए। ब्राउन खाता नखोली ‘गोल्डेन डक’ को शिकार भए।

त्यसपछि आएका विनोद भण्डारीले सम्हालिने प्रयास गरे पनि उनी धेरै बेर टिक्न सकेनन्। पाँचौं ओभरको चौथो बलमा विपिन शर्माले उनलाई एलबीडब्लु धरापमा पारे। भण्डारीले १३ बलमा ११ रन बनाए।

पावरप्ले सकिँदा सुदूरपश्चिमले २७ रन बनाएको थियो। अहिले क्रिजमा क्रिस लिन र आरिफ शेख ब्याटिङ गरिरहेका छन्।

सोमपाल कामीले २ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर १ विकेट लिएका छन् भने मार्क वाटले २ ओभरमा मात्र ६ रन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस