एनपीएलमा पूर्वका दुई टिम र पश्चिमका दुई टिम भिड्दै

द एभरेष्ट पोष्ट
९ मंसिर २०८२ ७:३४
एनपीएलमा पूर्वका दुई टिम र पश्चिमका दुई टिम भिड्दै

काठमाडौं ८ मंसिर। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । दुवै खेल ‘डर्बी’का रूपमा रहेका हुँदा आजको दिनलाई ‘डर्बी डे’ पनि भनिएको छ ।

आज पूर्वका दुई टिम- विराटनगर किङ्स र जनकपुर बोल्ट्स तथा पश्चिमका दुई टिम- कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।

पहिलो खेल विहान पौने १२ बजेदेखि विराटनगर र जनकपुरका बीचमा हुनेछ । हालसम्म २ खेलमा २ जित निकालेको विराटनगर तेस्रो जितको खोजीमा रहनेछ भने पहिलो खेलमा पराजित भएको जनकपुर आज दोस्रो खेल खेल्दा जितको खोजीमा हुनेछ ।

यी दुई टोली गत संस्करण उद्घाटन खेलमै भिडेका थिए । उक्त खेलमा जनकपुर ८ विकेटले विजयी भएको थियो ।

यस्तै आजै दोस्रो खेल कर्णाली र सुदूरपश्चिमका बीचमा अपरान्ह ४ बजेदेखि सुरु हुनेछ ।

कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ ।

पहिलो संस्करण भएको एक खेलमा सुदूरपश्चिमले कर्णालीमाथि ६ विकेटको जित निकालेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस