एनपीएलमा लुम्बिनीले दियो कर्णालीलाई १५७ रनको लक्ष्य

द एभरेष्ट पोष्ट
७ मंसिर २०८२ १३:०५
एनपीएलमा लुम्बिनीले दियो कर्णालीलाई १५७ रनको लक्ष्य

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको छ ।  त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनायो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए । रोहितले ४३ बल खेल्दै चार चौका र २ छक्का प्रहार गरे । लुम्बिनीका लागि जेजे स्मिथले १३ बलमा २३ रन बनाए । त्यस्तै रुवेन ट्रम्पलमेनले २९ रनको योगदान गरे ।  कर्णालीका लागि नन्दन यादवले दुई विकेट लिए । त्यस्तै विपिन शर्मा, मार्क वाट, युवराज खत्री, गुलशन झा र सोमपाल कामीले एक एक विकेट लिए ।

sompal

कर्णाली आजको खेलमा पहिलो जितको खोजिमा छ । पहिलो खेलमा कर्णाली चितवन राइनोजसँग पराजित भएको थियो ।  यता लुम्बिनी लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस