सुदूरपश्चिम रोयल्सको दोस्रो जित, पोखरा एभेन्जर्सको दोस्रो हार
काठमाण्डौं, ५ मंसिर ।
सुदूरपश्चिम रोयल्सका व्याट्सम्यानको उत्कृष्ट प्रदर्शनले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा पनि सानदान जित हात पारेको छ।
शुक्रबार कीर्तिपुरमा भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्दै दोस्रो सफलता हात पारेको हो।
बलियो समन्वय, संयमित ब्याटिङ र प्रभावकारी बलिङ प्रदर्शनकासुदूरपश्चिम रोयल्स दुई खेलमा अविजित रहदा पोखराले भने लगातार दोस्रो हार बेहोर्नुपरेको छ।
त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेटको क्षतिमा १९३ रनको प्रतिस्पर्धी स्कोर बनाएको थियो। १९४ रनको लक्ष्य पछ्याउन उत्रिएको पोखराले निर्धारित ओभर भरि खेल्दा ८ विकेट गुमाउँदै १७५ रन मात्र बनाउन सक्यो। पोखराका कप्तान कुशल भुर्तेलले ५३ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।
पोखराको सुरुआत निकै कमजोर रह्यो। पहिलो ओभरमै ओपनर एडम रोसिङ्टन १ रनमै रनआउट भए। तेस्रो ओभरमा हरमित सिंहको बलमा दिनेश खरेल ६ रनमा हेमन्त धामीबाट क्याच आउट भए। त्यसपछि आएका किरण ठगुन्ना ९ रनमै पभेलियन फर्किए। ५ ओभरमै तीन विकेट गुमाउँदा पोखरा दबाबमा परेको थियो।
यद्यपि चौथो विकेटका लागि कप्तान कुशल भुर्तेल र जेम्स निसामले ७५ रनको महत्वपूर्ण साझेदारी गर्दै खेलमा फर्कने प्रयास गरे। लगातार दुई बलमा दीपेन्द्रसिंह ऐरीमाथि छक्का प्रहार गर्दै दबाब बनाएका निसामलाई उनले तेस्रो बलमै बोल्ड गर्दै खेलको समीकरण बदलिदिएका थिए। निसामले २५ बलमा ४७ रन बनाए, जसमा २ चौका र ५ छक्का समावेश थियो। ११।३ ओभरमा निसाम आउट हुँदा पोखरा ९५र४ को स्थितिमा थियो।
त्यसपछि पोखरा पुनः दबाबमा पर्यो। सुमित बर्मा ६ रनमा आउट भए। कप्तान कुशल भुर्तेलले ३२ बलमा ५३ रन ९४ चौका, ४ छक्का० बनाए पनि उनी पनि १६औं ओभरमा बोल्ड भए। लगातार विकेट पतनका कारण पोखराले खेल सम्हाल्न सकेन। अभिशेक तिवारी ३ रनमा आउट भए। अन्त्यतिर डान डाउथवेटले १६ बलमा ३७ रन ९१ चौका, ५ छक्का० जोड्दै आक्रामक इनिङ खेले पनि जीत सम्भव भएन।
सुदूरपश्चिमको बलिङतर्फ हरमित सिंहले २ विकेट लिए भने स्कट कुग्गेलिन, दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी, अविनाश बोहोरा र नरेन साउदले समान १र१ विकेट हात पारे।
यसअघि, पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले शीर्ष तीन ब्याटरको धमाकेदार प्रदर्शनमा उत्कृष्ट स्कोर बनाएको थियो। जोश ब्राउनले ३५ बलमा ६८ रन (६ चौका, ५ छक्का) प्रहार गरे। ओपनर विनोद भण्डारीले ४२ बलमा ६ चौकासहित ४३ रन बनाए। यी दुईले पहिलो विकेटका लागि १०८ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए। ११औं ओभरमा ब्राउन जेम्स निसामको बलमा किरण ठगुन्नाबाट क्याच आउट भए।
क्रिस लिनले पनि तेजगतिमा १३ बलमा ३१ रन (४ चौका, २ छक्का) जोडे। १३औं ओभरमा क्रिस आउट हुँदा सुदूरपश्चिम १४२र२ को मजबूत स्थितिमा थियो। स्ट्राइकरेट सुस्त भए पनि विनोदले क्रिससँग मिलेर दोस्रो विकेटका लागि ३४ रन जोडे।
तर १५औं ओभरपछि सुदूरपश्चिमले निरन्तर विकेट गुमाउँदै अन्तिम ५ ओभरमा ३३ रन मात्र थप्न सक्यो। कप्तान दीपेन्द्रसिंह ऐरीले १० बलमा १५ रन बनाए। हरमित सिंह ४ रन, स्कट कुग्गेलिन ८ रन र आरिफ शेख शून्यमा आउट भए।
पोखराको बलिङतर्फ जेम्स निसामले ३ विकेट लिए भने डान डाउथवेट र आकाश चन्दले समान २र२ विकेट हात पारे।
