सर्वाेच्चले भन्यो– दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराऊ
काठमाडौं । सर्वोच्च अदालतले प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
केही दिनअघि मध्यराति प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि बिहीबार सुनुवाइ गर्दै सर्वाेच्च अदालतले प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो । प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर उनलाई हिरासतमा राखेको छ ।
आफ्ना बाबुलाई गैरकानूनी थुनामा राखिएको भन्दै प्रसाईंका छोराले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रसाईंलाई थुन्नुको कारण पेश गर्न र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
