सुदूरपश्चिम रोयल्सको ‘मेडिकल पार्टनर’ बन्यो नेसनल पाथ ल्याब

द एभरेष्ट पोष्ट
४ मंसिर २०८२ १२:१८
सुदूरपश्चिम रोयल्सको ‘मेडिकल पार्टनर’ बन्यो नेसनल पाथ ल्याब

काठमाडौं । नेसनल पाथ ल्याब दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘मेडिकल पार्टनर’ बनेको छ ।

सुदूरपश्चिम रोयल्स र नेसनल पाथ ल्याबबीच गत शुक्रबार यसबारे सम्झौता भएको छ । सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र नेसनल पाथ ल्याबका प्रबन्ध सञ्चालक पवन जोशीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि सुदूरपश्चिम रोयल्सका सीईओ खड्काले नेपालकै प्रतिष्ठित ल्याबसँग साझेदारी गर्न पाउँदा खुसी लागेको बताए ।

‘नेसनल पाथ ल्याबसँग सम्झौता गर्न पाउँदा धेरै खुसी छौं,’ उनले भने, ‘यो सम्झौताले नेपालको स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश मिल्ने छ ।’

नेसनल पाथ ल्याबका प्रबन्ध सञ्चालक जोशीले यो साझेदारीलाई स्वास्थ्य क्षेत्रका लागि सुखद पक्ष रहेको प्रतिक्रिया दिए ।

‘नेसनल पाथ ल्याब सुदूरपश्चिम रोपल्ससँग जोडिन पाउँदा हामीलाई खुसी लागेको छ,’ उनले भने, ‘यो साझेदारीले स्वास्थ्य क्षेत्रमा राम्रो सफलता मिल्ने छ ।’

नेसनल पाथ ल्याब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘क’ वर्गको मान्यताप्राप्त अत्याधुनिक र सुविधासम्पन्न ल्याब (प्रयोगशाला) हो । यहाँ क्यान्सर, हर्मोन, मुटु, मिर्गौला, कलेजो, बाँझोपन, हाडजोर्नी लगायत ८ सयभन्दा बढी प्रकारका जाँज हुने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस