पोखराविरुद्ध मार्टिन गप्टिलको अर्धशतक

द एभरेष्ट पोष्ट
३ मंसिर २०८२ १७:१८
पोखराविरुद्ध मार्टिन गप्टिलको अर्धशतक

काठमाडौं । विराटनगर किङ्ग्सका ब्याटर मार्टिन गप्टिलले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको विराटनगरबाट गप्टिलले २८ बलमा ५० रन पूरा गरे । यस क्रममा उनले तीन चौका र चार छक्का प्रहार गरे ।

जारी खेलको १० ओभर समाप्त हुँदा विराटनगरले एक विकेट गुमाएर १०१ रन बनाएको छ ।

एनपीएलमा गप्टिलको यो दोस्रो अर्धशतक हो । यसअघि पहिलो संस्करण पनि विराटनगरबाटै खेलेका गप्टिलले गत वर्ष पहिलो अर्धशतक बनाएका थिए ।

प्रतियोगिताको दोस्रो संस्करणमा भने यो चौथो अर्धशतक हो । यसअघि, जनकपुरका आसिफ सेख, कर्णालीका प्रियांस पन्चाल र चितवनका रवि बोपाराले अर्धशतक बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस