राष्ट्रिय सभाको सचिवमा कंडेल नियुक्त

द एभरेष्ट पोष्ट
३ मंसिर २०८२ १६:३२
राष्ट्रिय सभाको सचिवमा कंडेल नियुक्त

काठमाडौं : राष्ट्रिय सभाको सचिवमा तुलबहादुर कंडेल नियुक्त भएका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई राष्ट्रिय सभाको सचिवमा नियुक्त गरेका हुन्।

नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका-८ निवासी कंडेललाई आजदेखि लागु हुने गरी नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

उनको शपथ आजै दिउँसो ४ बजे सिंहदरबारस्थित कृषि समितिको सभा हलमा हुने जनाइएको छ। राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले दिएको राजीनामा कात्तिक ११ गते राष्ट्रपतिबाट स्वीकृत भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस