विराटनगरसँगकाे खेलमा टस जितेर बलिङ गर्दै पाेखरा
काठमाण्डाै – दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्ससँगकाे खेलमा पाेखरा एभेन्जर्सले टस जितेकाे छ ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा पाेखराका कप्तान कुशल भुर्तेलले बलिङ राेजेका छन् । एनपीएलमा यसअघि यी दुई टोलीबीच पहिलो संस्करणमा एक पटक भेट भएकोमा पोखरा सुपर ओभरमा विजयी भएको थियो ।
यसअघि आजै भएकाे पहिलाे खेलमा कर्णाली याक्सलाई हराउँदै चितवन राइनाेजले विजयी शुरुआत गरेकाे छ ।
एनपीएलमा जनकपुर, काठमाण्डौ, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोली सहभागी छन् । हिजाेदेखि शुरू भएकाे प्रतियाेगिताकाे फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।
