दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालले अमेरिकालाई १० विकेटले हरायाे

द एभरेष्ट पोष्ट
१ मंसिर २०८२ १४:३४
दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालले अमेरिकालाई १० विकेटले हरायाे

काठमाण्डाै – भारतमा चलिरहेको दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालले अमेरिकालाई १० विकेटले हराएको छ ।

अमेरिकाले दिएको १८ रनको लक्ष्य नेपालले ४ बलमै १ विकेट पनि नगुमाई भेटायो । नेपालकी दिल्लीसरा धमलाले १२ रन बनाइन् । नेपालले ६ रन अतिरिक्त पायो ।

यसअघि बेङ्गलुरुमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ९ ओभर ४ बलमा १७ रन बनाउँदा सबै विकेट गुमायो । अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । अमेरिकाले १३ रन अतिरिक्त पाएको थियो । नेपालकी दिल्लीसरा धमलाले ३ विकेट लिइन् ।

प्रतियोगितामा नेपालको यो तेस्रो जीत हो । यसअघि नेपालले अस्ट्रेलियालाई ८ विकेट र श्रीलङ्कालाई ९ विकेटले हराएको थियो भने भारतसँग ८५ रनले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस