मतदाता नामावली संकलनको समय थप्न आयोगलाई प्रधानमन्त्री कार्कीको आग्रह
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग टेलिफोन गरेकी छन् ।
उनले कार्यवाहक प्रमुख आयुक्त भण्डारीलाई मतदाता नामावलीमा नाम दर्ता गराउने समय सीमा केही समय थप गर्न आग्रह गरेकी छन् ।
उनले शुक्रबार दिउँसो भण्डारीसँग फोनमा कुरा गर्दै मतदातामा नामावलीमा नाम लेखाउनेहरूको संख्या बढ्दै गएको र अनलाइनबाट भर्नेहरूको समेत लोड बढिरहेको भन्दै समय थप गर्न आग्रह गरेकी छन् ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारीले पनि सकारात्मक प्रतिक्रिया दिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए । आयोगले उमेर पुगेर पनि मतदाता नामावलीमा नाम नभएकाहरूलाई नाम लेखाउन ३० कात्तिकसम्मको समय सीमा निर्धारण गरेको छ ।
