राष्ट्रिय भवन संहिता कार्यान्वयन

द एभरेष्ट पोष्ट
२९ कार्तिक २०८२ १३:०५
राष्ट्रिय भवन संहिता कार्यान्वयन

काठमाण्डौ – सरकारले राष्ट्रिय भवनसंहिता कार्यान्वयनमा ल्याएको छ । हिजो राजपत्रमा प्रकाशित भएपछि यो कानूनी रूपमा लागू भएको छ । शहरी विकास मन्त्रालयका अनुसार यो संहिता सामान्य घर तथा भवनका लागि मात्र नभई, जलविद्युत आयोजना अन्तर्गतका बाँध, विद्युत् गृह, सुरुङ्गा लगायत भूमिगत संरचनाहरू निर्माणका लागि समेत लागु हुनेछ ।

मन्त्रालयले पालिका तह, इन्जिनियर तथा आम नागरिकलाई यस संहिता अक्षरसः पालन गर्न समेत आग्रह गरेको छ । भूकम्पीय जोखिम भू-भागमा सुरक्षित भवन निर्माण गर्न यसको महत्त्वपूर्ण भूमिका हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

देशभरको मौसम सफा रहने

३० कार्तिक २०८२ ८:१८

खोज्नुहोस