सुदूरपश्चिम रोयल्सले छनोट गर्यो ट्यालेन्ट हन्टबाट छ जना खेलाडी छनोट
धनगढी । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि ट्यालेन्ट हन्टबाट छ जना खेलाडी छनोट गरेको छ ।
धनगढीमा दुई दिनसम्म आयोजना भएको ट्यालेन्ट हन्टबाट उनीहरुलाई आफ्नो टिमका लागि सुदूरपश्चिम रोयल्सले छनोट गरेको हो । टयालेन्ट हन्टबाट हिक्मत महरा रोयल्सको आइकोनिक खेलाडीको रुपमा छनोट भएका छन्।
उनले सुदूरपश्चिम रोयल्सबाट एनपिएल खेल्ने छन् । आइकोनिकबाहेक पाँच जना खेलाडीलाई सुदूरपश्चिमको डेभलपमेन्ट टोलीमा राखिएको छ । डेभलपमेन्ट टोलीमा ओमप्रकाश घिमिरे, सोलुप चौधरी, टेकराज थलाल, तर्भिस जैसी र अभिषेक कोेइराला छनोट भएका छन् ।
ट्यालेन्ट हन्टमा तीन खेलाडीको सभागिता भएको थियो । जगत टमटाको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले दुई चरणमा गरेर खेलाडी छनोट गरेको थियो । बिट दी स्पिडमा हिक्मतले १३१ किलोमिटरको गतिमा बलिङ्ग गरेर आइकोनिक खेलाडी बनेको जनाइएको छ । यस्तै, १२५ किलोमिटरको स्पिडमा बलिङ गर्दै अभिषेक कोइराला दोस्रो हुनु भएका हुन् ।
सुदूरपश्चिम रोयल्समा दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, दीपक बोहरा, हेमन्त धामी, मिलन बोहरा, इशान पाण्डेय, टेक रावत, दीपेन्द्र थापा छन् । यसैगरी, विदेशी खेलाडीमा स्कट कुग्गेलिन, जोस ब्राउन, कृष लिन र हर्मित सिंह सुदूरपश्चिम रोयल्समा छन् ।
