सुदूरपश्चिममा पनि राष्ट्रिय किताबखानाको सेवा सुरु

द एभरेष्ट पोष्ट
२६ कार्तिक २०८२ ११:०९
सुदूरपश्चिममा पनि राष्ट्रिय किताबखानाको सेवा सुरु

धनगढी ।  निजामती कर्मचारीहरूका लागि राष्ट्रिय किताबखाना (ललितपुर) द्वारा दिँदै आएको सेवा अब सुदूरपश्चिम प्रदेश तहमा पनि सुरु भएको छ।

राष्ट्रिय किताबखानाले प्रदेश सरकारले सञ्चालन गर्ने प्रदेश किताबखानालाई कर्मचारी सूचना प्रणालीको पहुँच हस्तान्तरण गरेसँगै, प्रदेश तहमा किताबखानाको काम कार्यान्वयनमा आएको हो। दुई दिनअघि महानिर्देशक श्रवणकुमार पोखरेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विमलप्रसाद बरालबीच यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

राष्ट्रिय किताबखानाले सङ्गठन तथा पद दर्ता, शिटरोल दर्ता, सङ्केत नम्बर जारी, कर्मचारी विवरण अद्यावधिक, तलबी प्रतिवेदन पारित, विवरण उपलब्ध गराउने, अशुद्ध विवरण सुधार, कर्मचारी विवरण संशोधन, निवृत्त कर्मचारी परिचयपत्र, सम्पत्ति विवरण दर्ता, उपदान अङ्क किटान पत्र, सञ्चित बिदा तथा उपचार सुविधाको किटानी पत्र, पारिवारिक निवृत्तिभरण र उपदान पत्र जारी जस्ता सेवाहरू प्रदान गर्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस