विश्वकप लिग-२: कप्तान रोहितको शतकमा नेपालले दियो २३४ रनको लक्ष्य
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनायो ।
नेपालका लागि कप्तान रोहित पौडेलले शतक प्रहार गरे । रोहितले १३० बलमा १०९ रनको योगदान दिए । आसिफ शेख ३५, कुशल भुर्तेल ७, भीम सार्की ३, आरिफ शेख २७, दीपेन्द्रसिंह ऐरी २३, गुल्सन झा ०, करन केसी १३, ललित राजवंशी ० र सोमपाल कामी ६ रनमा आउट भए । सन्दीप लामिछाने ३ रनमा अविजित रहे ।
बलिङमा युएईका जाहिद अलीले सर्वाधिक ४ विकेट लिए । जुनैद सिद्दिकीले ३ विकेट लिए ।
