रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ आज हुँदै
काठमाडौँ, १३ कात्तिक :सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सचालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज हुँदैछ ।
उनीहरुको बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा सुनुवाइ हुन लागेको हो ।
यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छवि समेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।
