विश्वकप लिग-२: युएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।
दुबईस्थित आईसीसी एकेडेमीमा घरेलु टोलीविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।
सिरिजअन्तर्गत दुवै टोलीले दोस्रो खेल खेल्न लागेका हुन् ।
पहिलो खेलमा दुवै टोली अमेरिकासंग पराजित भएका थिए । नेपाल १०६ रन र युएई ४ विकेटले पराजित भएको थियो ।
