नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल भोलि हुने

द एभरेष्ट पोष्ट
१२ कार्तिक २०८२ १६:२८
नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल भोलि हुने

काठमाडौं : नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल भोलि (बुधबार) हुने भएको छ। यसअघि बिहीबार हुने भनी तय गरिएको मैत्रीपूर्ण खेल एक दिन अगाडि सारिएको हो।

नेपालकी कप्तान सावित्रा भण्डारीसहित एन्जिला तुम्बापो सुब्बा र प्रिती राईले यो खेल गुमाउने भएका छन्।  सावित्रा भण्डारी र एन्जिला तुम्बापो सुब्बा आफ्नो व्यवसायीक फुटबल खेल्न क्लबमा फर्किएका हुन् भने प्रिती झापा गोल्ड कपका लागि झापा आएकी हुन्।

मैत्रीपूर्ण खेल सिक्किममा हुँदैछ। खेलले फिफा अन्तर्राष्ट्रियको मान्यता भने पाएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस