नेदरल्यान्ड्सका डाउडले कर्णाली याक्सबाट एनपीएल खेल्ने

द एभरेष्ट पोष्ट
१२ कार्तिक २०८२ १०:५०
नेदरल्यान्ड्सका डाउडले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाण्डौ – कर्णाली याक्स स्पोट्स प्रा.लि.ले नेदरल्याण्ड्सका ओपनिङ ब्याटर म्याक्स्वेल प्याट्रिक ओ डाउडलाई अनुबन्ध गरेको छ । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि डाउडलाई अनुबन्ध गरेको जानकारी दिए ।

यसअघि कर्णाली याक्सले स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाट र अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरिसकेको छ । कर्णालीले बासिष्टोसँग सम्झौता नवीकरण गरेको थियो । वाट र डाउडले भने पहिलो पटक एनपीएल खेल्नेछन् ।

३१ वर्षीय डाउडले नेदरल्यान्ड्सबाट ८७ टि ट्वान्टी आई खेल खेलिसकेका छन् । जसमा १ शतक र १६ अधशतकसहित उनले २ हजार ३ सय ९ रन बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस