हङकङ सिक्सेसका लागि नेपाली टोलीको घोषणा

काठमाडौं : हङकङमा हुने हङकङ सिक्सेस खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले शरद भेषावकरको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो।
७ सदस्यीय टोलीमा शरदसहित सन्दीप जोरा, लोकेश बम, बसिर अहमद, आदिल आलम, रसिद खान र रुपेश सिंह रहेका छन्।
हङकङ सिक्सेस नोभेम्बर ७ देखि ९ सम्म हुनेछ। यो प्रतियोगितामा नेपालले दोस्रो पटक सहभागिता जनाउन लागेको हो।