जापानद्वारा नेपाललाई १ सय ३२ रनको लक्ष्य

द एभरेष्ट पोष्ट
२४ असोज २०८२ १८:३०
जापानद्वारा नेपाललाई १ सय ३२ रनको लक्ष्य

 

काठमाडौँ : जापानले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपाललाई १ सय ३२ रनको लक्ष्य दिएको छ । नेपालले शुक्रबार टस जितेपछि ब्याटिङको निम्तो पाएको जापानले ओमानको मस्कटमा निर्धारित २० ओभर खेली ८ विकेट गुमाएर १ सय ३१ रन बनाएको हो ।

दीपेन्द्रसिंह ऐरीले एउटा अर्को सिधा थ्रोमा अभिषेक आनन्दलाई चौथो ओभरमा १ रनमा रनआउट गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर केन्डेल काडोवाकी–फ्लेमिङ र इसाम रहमानले दोस्रो विकेटमा ८६ रनको साझेदारी गरेपछि जापानले उत्कृष्ट पुनरागमन गरेको थियो ।

सोमपालले रहमानलाई १३ औं ओभरमा आउट गरी यो साझेदारी तोडेका थिए । रहमानले २५ बल खेली १ चौका र २ छक्कासहित ३१ रन बनाए । अर्को ओभरमा गुलशन झाले काडोवाकीलाई आउट गरेपछि नेपालले खेल नियन्त्रणमा लिएको थियो । काडोवाकीले ४६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरी ६० रन बनाए ।

इब्राहिम ताकाहासीलाई गुलशनले ४ रनमा बोल्ड गरे । सन्दीप लामिछानेले सबाओरिस र रवीचन्दनलाई र डेक्लन सुजुकीलाई समान १ रनमा आउट गरे । रेओ साकुरानो थोमस ३ रनमा रनआउट भए । बेन्जामिन इटो डेभिस १२ बलमा १७ रन बनाई आउट भए ।

नेपालबाट गुलशन र सन्दीपले २–२ विकेट लिए । गुलशनले ४ ओभरमा २० र सन्दीपले ४ ओभरमा २५ रन खर्चे । सोमपालले ४ ओभरमा २० र नन्दन यादवले ३ ओभरमा १६ रन खर्चेर १–१ विकेट लिए ।

यस खेल जित्ने टोली २ अतिरिक्त अंकसहित सुपर सिक्समा पुग्ने छ । नेपालले समूह ‘बी’ को पहिलो खेलमा बुधबार कुवेतलाई ५८ रनले पराजित गरेको थियो । जापानले बिहीबार कुवेतलाई ५ विकेट गरेको थियो । जसको कारण नेपाल र जापान दोस्रो चरणमा पुगेका थिए भने कुवेत समूहचरणबाटै बाहिरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस