गृहमन्त्री अर्यालसँग ५ देशका राजदूतको भेट

द एभरेष्ट पोष्ट
२३ असोज २०८२ १५:१२
गृहमन्त्री अर्यालसँग ५ देशका राजदूतको भेट

काठमाडौँ: गृहमन्त्री ओमप्रकाश अर्यालसँग विभिन्न देशका राजदूतहरुले भेट गरेका छन्। बिहीबार मन्त्रालयमा युरोपियन युनियन, फ्रान्स, जर्मनी, फिनल्याण्ड र स्वीट्जरल्याण्डका राजदूतहरुले शिष्टाचार भेटवार्ता गरेका हुन्।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपालको हित र समृद्धिबारे छलफल भएको बताइएको छ।

नेपालको पछिल्लो अवस्था, समसामयिक विषय र नेपाललाई गर्ने सहयोगका बारेमा छलफल भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस