भारतमा ट्याक्सी दुर्घटना, ३ नेपालीको मृत्यु

द एभरेष्ट पोष्ट
१९ असोज २०८२ १५:४१
भारतमा ट्याक्सी दुर्घटना, ३ नेपालीको मृत्यु

धनगढी। उत्तर प्रदेशको पीलीभीत क्षेत्रमा ट्याक्सी दुर्घटना हुँदा ३ नेपालीको मृत्यु भएको छ।बीसलपुर थाना क्षेत्रको भडरिया मोड नजिक शनिबार बिहान रोकिएको ट्याक्सीलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।

मृत्यु हुनेमध्ये बझाङ जयपृथ्वी नगरपालिका-७ छयालका गणेश सुनार रहेको पुष्टि भएको छ।उनी हाल अत्तरियामा बस्दै आएका थिए।बाँकी दुई जनाको पहिचान खुलेको छैन।

भारतीय प्रहरीका अनुसार कारको पछिल्लो टायर पन्चर भएर सडक किनारमा टायर फेर्ने क्रममा तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको हो।त्यतिबेला सबै जना कारबाट ओर्लिएर सडक छेउमा उभिएका थिए।

दुर्घटनामा ट्रकले उनीहरूलाई किच्दै कारमा ठोक्किएको बताइएको छ।भारतीय प्रहरीले ट्रक र चालकको खोजी जारी राखेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस