कैलाली कारागारका ३ सय ७७ कैदी अझै फरार

कैलाली । भदौ २४ गते कैलाली कारागारबाट भागेका ३ सय ७७ कैदी अझै परार रहेका छन् । ६ सय ६६ कैदी रहेको कारागारमा २ सय ८९ जना भने फर्किएका छन् । कारागार प्रशासनले फरार रहेका सबै कैदीलाई फर्कन भन्दै सूचना जारी गरेको थियो । तर पनि अहिले सम्म आधा भन्दा बढी कैदी फर्किएका छैनन् । जिल्ला कारागार कैलालीका जेलर चिरञ्जीवी सापकोटाले कैदीहरू सम्पर्कमा आउने क्रम जारी रहेको बताए ।
उनका अनुसार विभिन्न मुद्दामा सजाय काटिरहेका १८ भारतीय कैदी मध्य एक जना मात्रै कारागार फर्किएका छन् । अन्य परार रहेको र खोजिकार्य भइरहेको जेलर सापकोटाले बताए । पक्राउ परेका कैदीहरू मध्य चार जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको र अवस्था सामान्य रहेको कारागार प्रशासनले जनाएको छ ।
कैलाली कारागारमा ५८ महिलासहित ६६७ जना कैदी बन्दी थिए। जेन्जी प्रदर्शनका क्रममा ६६६ कैदी बन्दी भागेको कारागार फरार भएका थिए ।