साफ यु– १७ पुरुष च्याम्पियनसिपः नेपाल बंगलादेशसँग पराजित

साफ यु–१७ पुरुष च्याम्पियनसिपमा नेपाल बंगालदेशसँग पराजित भएको छ। बिहीबार श्रीलङ्काको रेसकोर्स अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा बंगलादेशसँगँ नेपाल ४– ०ले पराजित भएको हो। बंगालादेशले नेपालसँग खेल्दै साफको सुरुआत गरेको थियो।
यता, नेपालले भने बंगलादेशसँग दोस्रो खेल खेलेको हो। साफको उद्घाटन खेलमा नेपालले आयोजक राष्ट्र श्रीलङ्कालाई हराउँदै विजयी सुरुआत गरेको थियो।
समूह ए मा रहेको नेपालले २ खेलमा २ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा छ।