जेन–जी आन्दोलनको पराकम्पः यूएईको भिसामा कडाइ, कोरियाले ई– ७ अनुमति नदिने

काठमाडौं । जेन–जी आन्दोलनको समापनसँगै नेपाली श्रमिकहरू हजारौँको संख्यामा पुग्ने देशहरूले नेपालीहरूलाई भिसामा कडाइ गर्न थालेका छन् । विभिन्न मिडियाका समाचारअनुसार यूएईले नेपालीलाई पर्यटक भिसामा कडाइ गरेको छ ।
आन्दोलनपछि यो कडाइ गरिएको हो । तर, यसको औपचारिक जानकारी भने दिइएको छैन । व्यावहारिक रूपमा यस्तो कडाइ भएको हो । यूएइको पर्यटक भिसा नपाएकाबाट यस्तो खुलासा भएको हो । यस्तै, नेपालीको अर्को प्रमुख पूर्वी एसियाली श्रम गन्तव्य कोरियाले पनि नेपालीलाई दिँदै आएको ई– ७ भिसा नदिने भएको छ । ई–७ भिसा भनेको खासखास कामको योग्यता हुनेलाई दिइने श्रमभिसा हो ।