जेनजी भर्चुअल छलफलमा

द एभरेष्ट पोष्ट
२५ भदौ २०८२ १६:०१
जेनजी भर्चुअल छलफलमा

काठमाडौं । राष्ट्रपति र नेपाली सेनाले वार्ताका निम्ति आह्वान गरेसँगै तीन हजारभन्दा बढी ‘जेनजी’ पुस्ताका युवा ‘भर्चुअल’ छलफलमा जुटेका छन् । उनीहरूबीच आधिकारिक वार्तामा को सहभागी हुने र कुन विषयलाई प्राथमिकतामा राख्ने भन्नेबारे बहस भइरहेको छ ।

डिस्कर्डमार्फत चलिरहेको छलफलमा संलग्न एक युवाका अनुसार, संसद् विघटन हुनुपर्ने, आउँदो ६ महिना वा बढीमा एक वर्षभित्र आमनिर्वाचन गरिनुपर्ने प्रस्ताव अघि सारिएको छ ।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रधानमन्त्रीको कार्यकाल चारदेखि पाँच वर्षमा सीमित र एक व्यक्ति बढीमा दुई कार्यकाल वा आठ–दश वर्ष मात्र प्रधानमन्त्री हुन पाउनेजस्ता सुझाव पनि छलफलमा आएको छ ।

युवाबीचको यो छलफललाई औपचारिक वार्तामा परिणत गर्ने तयारी भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस