संसदीय सुनुवाइ समिति सभापतिमा खतिवडा चयन

द एभरेष्ट पोष्ट
२० भदौ २०८२ १८:३६
संसदीय सुनुवाइ समिति सभापतिमा खतिवडा चयन

काठमाण्डौं, २० भदौ ।
बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसद खतिवडालाई सभापति निर्वाचित गरियोस् भनी राखेको प्रस्तावलाई एमालेका संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए ।

रिक्त रहेको संघीय संसद् संसदीय सुनुवाइ समितिको सभापतिमा सांसद रामहरि खतिवडा निर्विरोध चयन भएका छन् ।

संसदीय सुनुवाइ समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा शुक्रबार बसेको समितिको बैठकले नेपाली काँग्रेसका नेता खतिवडा सभापतिमा निर्विरोध चयन भएको घोषणा गरिएको हो । नवनिर्वाचित खतिवडा नेपाली कांग्रेसका सांसद हुन् ।

समितिको यसअघिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा पदमा खतिवडाको मात्र उम्मेदवारी परेको थियो ।
बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसद खतिवडालाई सभापति निर्वाचित गरियोस् भनी राखेको प्रस्तावलाई एमालेका संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए ।

ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित खतिवडा नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन्।

खतिवडाले निजामती विधेयकमा राखिएको कुलिङ अफ पिरियड व्यवस्थामा विवादमा मुछिएपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट केही समय अघि राजिनामा दिएका थिए ।

संवैधानिक व्यवस्थाअनुसार सभापतिको पदवहाली गर्नुअघि उनले आगामी सोमबार सभामुखसँग पद तथा गोपनियताको शपथ लिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस