बत्तिसपुतलीमा हिमालयन जाभाको ग्यालरी आउटलेट सञ्चालनमा

काठमाण्डौं, १९ भदौ ।
काठमाण्डौमा हिमालयन जाभाको उच्च श्रेणीको ग्यालरी आउटलेट सञ्चालनमा आएको छ ।
काठमाण्डौंको बत्तिसपुतलीस्थित होटल द्धारिकाज अगाडि सञ्चालनमा आएको यो हिमालयन जाभाको उच्च श्रेणीको यो दोस्रो ग्यालरी आउटलेट हो ।
सन् १९९९ मा स्थापना भएको कफी ब्रान्ड हिमालयन जाभाले नेपालमा ७० बढी आउटलेट, १८ हिमालयन जाभा एक्सप्रेस आउटलेट र दुईवटा उच्च श्रेणीका ग्यालरी आउटलेट सञ्चालन गर्दै आएको छ ।
हिमालयन जाभाको उच्च श्रेणीको यो ग्यालरी आउटलेट पर्यटन व्यवसायी आयुष बिक्रम शाही, राकेश शाही, गोरख बिष्ट र लक्ष्मण भट्टराईले सञ्चालनमा ल्याएका हुन् ।
आकर्षक ईन्टिरियएर डिजाईनिङ, उच्च श्रेणीको कफिको स्वाद, फराकिलो र सुविधायुक्त बसाईका कारण छोटो समयमा नै ग्यालरीमा कफिका पारखीहरुको भीड लाग्न थालेको छ ।