नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द

द एभरेष्ट पोष्ट
१८ भदौ २०८२ १२:२२
नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द

काठमाडौं– नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवामा प्राविधिक समस्या आएकाले हाल उक्त सेवा अवरुद्ध भएको छ ।

टेलिकमले एक प्रेस नोट जारी गर्दै अर्को सूचना नआएसम्मका लागि सेवा बन्द रहने जानकारी गराएको हो ।

टेलिकमले यथाशीघ्र समस्या समाधानको प्रयास भइरहेको र यसबाट ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस