नेपालमा पनि सुरू भयो फेसबुकको कन्टेन्ट मोनिटाइजेसन सुविधा, अब आम्दानी गर्न सकिने

द एभरेष्ट पोष्ट
१७ भदौ २०८२ ११:१३
नेपालमा पनि सुरू भयो फेसबुकको कन्टेन्ट मोनिटाइजेसन सुविधा, अब आम्दानी गर्न सकिने

काठ्माण्डौँ । फेसबुकले नेपालमा पनि कन्टेन्ट क्रियटरलाई मोनिटाइजेसन सुविधा दिन थालेको छ । कन्टेन्ट मोनिटाइजेसनको सूचीमा मेटाले नेपालको नाम पनि समावेश गरेसँगै अब आम्दानी गर्न सकिने छ ।

फेसबुक पेज र प्रयोगकर्ताले आफ्ना पोस्ट, रिल्स, टेक्स्ट तथा स्टोरीमार्फत समेत आम्दानी गर्न सक्नेछन् ।

यसअघि पनि केही कन्टेन्ट क्रियटरले विदेशमा लोकेसन राखेर आम्दानी गर्दै आएका थिए । तर अब मेटाले आधिकारिक रूपमा नेपाललाई मोनेटाइजेसन इलिजिबल कन्ट्रीको लिस्टमा राखेसँगै नेपालबाटै मोनिटाइज सुविधा उपलब्ध हुनेछ । साथै गरेको आम्दानी नेपाली बैंकबाट झिक्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

सरकारले ल्यायो एआई नीति

३० साउन २०८२ १३:१७

खोज्नुहोस