नेपाल ʻएʼलाई आसामले दियो १९१ रनको लक्ष्य

काठमाडौं : भारतको आसामको राज्य टिमले नेपाल ʻएʼलाई १९१ रनको लक्ष्य दिएको छ। आज बिहान गुवाहाटीमा भएको खेलमा २० ओभरमा ८ विकेट गुमाएर आसामले १९० रन बनाएको हो।
नेपालका लागि आकाश चन्दले ३, विवेक यादव र कमलसिंह ऐरीले २–२ विकेट लिँदा भने आदिल आलमले १ विकेट लिए।
आसामका लागि कप्तान सुमित घदिअन्करले सर्वाधिक ३४ रन बनाए। त्यस्तै रोहित सेनले २४, आकाश सेनगुप्ताले २४, अभिनव चौधरीले २६ रन बनाए। नेपाल ʻएʼ टिम र आसामको राज्य टिमबीच आजदेखि पाँच खेलको टी–२० सिरिज खेल भएको हो।