दोस्रो अभ्यास खेलमा नेपाललाई १६१ रनको लक्ष्य

काठमाडौँ- अस्ट्रेलिया भ्रमणमा रहेको नेपालले साउथ अस्ट्रेलिया (एसए)सँगको दोस्रो अभ्यास खेलमा नेपाललाई १६१ रनको लक्ष्य दिएको छ। पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको हो।
साउथ अस्ट्रेलियाका रायन किङले सर्वाधिक ३९ रन बनाए । डानियल ड्रिउ र ह्यारी मानेन्तीले समान २९ रन बनाए । नेपालका करण केसी, शाहब आलम र रुपेश सिंहले २-२ विकेट लिँदा कुशल भुर्तेल र करण केसीले १-१ विकेट लिए ।
यसअघि आजै विहान भएको पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । टप एन्ड टी-२० सिरिज समाप्त भएपछि नेपालले मंगलबार भएको दुवै अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराएको थियो ।