गृह मन्त्रालयले एक वर्षमा साढे सात लाख थान नागरिकता वितरण छाडे, साढे १३ हजारले लिए अंगीकृत नागरिकता

मन्त्रालयले एक वर्षमा साढे सात लाख थान नागरिकता वितरण गरेको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा सात लाख ४१ हजार १२५ थान नागरिकता ७७ जिल्ला प्रशासन कार्यालयबाट वितरण गरिएको हो ।
गह मन्त्रालयका अनुसार, ०८१ साउन १ गतेदेखि ०८२ असार मसान्तसम्मको अवधिमा वंशजका आधारमा सात लाख २४ हजार ७०४ वटा, वैवाहिक अंगीकृतका आधारमा १३ हजार ७८० वटा र प्रतिलिपि ९८ वटा नागरिकता वितरण गरिएको छ ।
गत आर्थिक वर्षको पछिल्लो तीन महिना अर्थात् २०८२ वैशाखदेखि असार महिनासम्म वंशजको आधारमा दुई लाख ३६ हजार ९२५ र वैवाहिक अंगीकृतका आधारमा चार हजार ११ वटा नागरिकता वितरण भएको गृहको तथ्यांकले देखाउँछ ।
गत आर्थिक वर्ष दुई हजार ५४३ थान गैरआवासीय नागरिकता वितरण गरिएको थियो ।
गत वर्ष विभिन्न जिल्ला प्रशासन कार्यालयमा नागरिकतासम्बन्धी २८८ वटा उजुरी परेका थिए । परेका उजुरीमध्ये २१२ वटा फर्छ्योट गरिएको थियो ।
गृह मन्त्रालयका अनुसार, गत आर्थिक वर्ष ०८१/०८२ मा चार हजार ८१५ वटा नागरिकता रद्द/बदर गरिएको थियो । उक्त समयमा ११९ जनाले नेपाली नागरिकता परित्याग गरेका थिए ।