एएफसी महिला च्याम्पियन्स लिग छनोट : नासाफसँग खेल्दै एपीएफ

द एभरेष्ट पोष्ट
९ भदौ २०८२ १२:०३
एएफसी महिला च्याम्पियन्स लिग छनोट : नासाफसँग खेल्दै एपीएफ

काठमाडौं । एएफसी महिला च्याम्पियन लिग छनोट चरण अन्तर्गत समूह बी को आफ्नो पहिलो खेलमा नेपालको च्याम्पियन एपीएफ क्लबले आज उज्वेकिस्तानको पीएफसी नासाफसँग खेल्दैछ ।

खेल उज्वेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा नेपाली समय अनुसार राती सवा ९ बजे सुरु हुनेछ । एपीएफले अनुभवी विगंर अनिता बस्नतेको कप्तानीमा खेल्दैछ ।

यसै समूहमा रहेका थाइल्याण्डको कलेज अफ एसियन स्कोलार्स र साउदी अरेबियाको अल नासेरबीच पनि आजै खेल हुनेछ ।

गत वर्ष पनि छनोट चरणमा नेपाल र नासाफ एकै समूहमा थिए, जहाँ नासाफसँग एपीएफ १-० ले पराजित भएको थियो ।

जोर्डनी क्लब इत्तिहाडमा अनुबन्ध भएकी मिडफिल्डर प्रीति राई भने यसपटक एपीएफको टिममा छैनन् ।

प्रीति सम्मिलित इत्तिहाडले समूह सी को छनोट खेलमा सिंगापुरको लायन सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस