रूस र युक्रेन युद्ध रोकेर स्वर्ग जान चाहन्छन् ट्रम्प !

द एभरेष्ट पोष्ट
४ भदौ २०८२ १७:३७
रूस र युक्रेन युद्ध रोकेर स्वर्ग जान चाहन्छन् ट्रम्प !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको बारेमा फेरि एक पटक चकित पार्ने बयान दिएका छन् । ट्रम्पले मजाक गर्दै रूस र युक्रेनबीच शान्ति सम्झौता गराउन सफल भएमा आफ्नो स्वर्ग जाने सम्भावना बढ्ने टिप्पणी गरेका छन् ।

एक अमेरिकी टिभी च्यानलसँग कुरा गर्दै उनले भने, ‘म स्वर्ग जाने प्रयास गरिरहेको छु । मैले सुनेको छु कि मेरो अवस्था राम्रो छैन, म तल छु । तर यदि म यो काम गर्न सक्षम भएँ भने, सायद यो कारण बन्नेछ कि म पनि स्वर्ग जाने बाटो पाउनेछु ।’

ट्रम्पले पहिले पनि रूस-युक्रेन युद्ध अन्त्य गर्न चाहेको बताउदै आएका छन् । ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा विश्व भरका युद्ध रोक्नेमा आफुलाई केन्द्रित गरेको बताउदै आएका छन् । उनले यसका लागि उनले नोबेल शान्ति पुरस्कारको लोभ समेत गरेका छन् । शान्ति सम्झौताको पहल विश्वको लागि मात्र महत्त्वपूर्ण हुनेछैन, तर उनको राजनीतिक र व्यक्तिगत जीवनमा पनि ऐतिहासिक कदम साबित हुने उनको विश्वास छ ।

ट्रम्पको जीवन विवादले भरिएको छ। उनले तीन पटक विवाह गरे, दुई पटक महाभियोगको सामना गरे र हालै फौजदारी मुद्दामा दोषी ठहरिएपछि ट्रम्पले प्रायः आलोचनाको सामना गर्नुपरेको छ । यद्यपि, गत वर्ष हत्या प्रयासबाट बचेपछि ट्रम्पको धार्मिक झुकाव झनै गहिरो भएको छ। जनवरीमा आफ्नो शपथग्रहणको क्रममा उनले भने, ‘भगवानले मलाई बचाउनुभएको छ ताकि म अमेरिकालाई फेरि महान बनाउन सकूँ।’

अमेरिकाको धार्मिक वर्ग, विशेष गरी क्रिश्चियन दक्षिणपन्थी समूह, ट्रम्पको पक्षमा दृढतापूर्वक उभिएको छ। आफ्नो दोस्रो कार्यकालको सुरुवातदेखि नै ट्रम्पले विश्वासलाई अझ खुला रूपमा अँगालेका छन् । उनले आधिकारिक रूपमा आध्यात्मिक सल्लाहकार पाउला ह्वाइट नियुक्त गरेका छन् । पाउला ह्वाइटले ह्वाइट हाउसमा धेरै पटक प्रार्थना सभाहरू आयोजना गरेकी छिन्, जहाँ मानिसहरूले ट्रम्पको लागि सामूहिक रूपमा प्रार्थना गर्छन् र उनीमाथि हात राखेर उनलाई आशीर्वाद दिन्छन्।

यसैबीच स्वर्ग जाने प्रसंगमा ट्रम्पकी प्रेस सचिव क्यारोलिन लेविटले पनि मंगलबार बयान दिदै भनेकी छन्- ‘मलाई विश्वास छ कि राष्ट्रपति यस विषयमा गम्भीर छन् । उहाँ साँच्चै स्वर्ग जान चाहनुहुन्छ, जस्तै हामी सबै गर्छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस