उत्तराखण्ड बाढीमा बेपत्ता १३ नेपालीमध्ये एक जनाको शव भेटियो

द एभरेष्ट पोष्ट
२६ साउन २०८२ १३:३०
उत्तराखण्ड बाढीमा बेपत्ता १३ नेपालीमध्ये एक जनाको शव भेटियो

काठमाडौं । भारतको उत्तराखण्डका दुई भिन्न स्थानमा आएको बाढीमा बेपत्ता भएका १३ नेपालीमध्ये एक जनाको शव फेला परेको छ । शवको सनाखत गर्ने काम भइरहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

यही साउन २० गते ‘क्लाउड ब्रस्ट’ भई उत्तराखण्डको धरालीमा बाढी आएको थियो । धराली बाढीमा अझै आठ नेपाली हराइरहेका छन् । धराली बाढी प्रभावित १३ नेपालीको जीवितै उद्धार गरिएको थियो ।

उत्तराखण्डकै पौरी गढवालको बगुडामा साउन २१ गते आएको बाढीमा बेपत्ता भएका पाँच नेपालीमध्ये एक जनाको शव भेटिएको हो ।

बगुडा बाढीमा पाँच नेपाली घाइते भएका थिए । घाइतेमध्ये तीनजना उपचारपछि फर्किएका छन् । दुई जनाको अहिले उपचार भइरहेको दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस