राष्ट्रपति पौडेलले गरे भू-ढकान नक्सा सार्वजनिक

द एभरेष्ट पोष्ट
७ साउन २०८२ १३:०३
राष्ट्रपति पौडेलले गरे भू-ढकान नक्सा सार्वजनिक

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेशनल ल्यान्ड कभर म्याप सार्वजनिक गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक कार्यक्रममा मंगलबार उनले राष्ट्रिय भू– ढकान नक्सा (२०२०– २०२२) सार्वजनिक गरेका हुन् ।

वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रद्वारा प्रकाशित सो भू क्षेत्र नक्सा केन्द्रका निर्देशक डा. राजेन्द्र केसीले राष्ट्रपति पौडेललाई प्रदान गरेका थिए ।

सो अवसरमा राष्ट्रपति पौडेलले नक्सा र कागजमा भएजस्तै फिल्डमा पनि जंगल कायम हुनुपर्ने बताए ।

उनले वनबाट कमाउने अभियान र वनमासाबाट वन जोगाउन सबै प्रकारका उपाय अवलम्वन गर्नुपर्नेमा जोड दिए ।

सार्वजनिक भएको सो नक्सामा उल्लेख भए अनुसार देशभर जंगलको क्षेत्र ४६ दशमलव शून्य आठ प्रतिशत रहेको छ भने बागमती प्रदेशमा ५८ दशमलव ६२ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस