शुक्लाफाँटामा सुनौलो तोप चरा फेला

द एभरेष्ट पोष्ट
३० असार २०८२ १८:४६
शुक्लाफाँटामा सुनौलो तोप चरा फेला

धनगढी। सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस वर्ष १८४ वटा सुनौलो तोप चरा अभिलेख भएका छन् ।

जुलाई पहिलो साता गरिएको वार्षिक गणनाको क्रममा सो सङ्ख्यामा सुनौलो तोप चरा भेटिएका हुन । जसमा भाले ९२ वटा, पोथी ६९ र बच्चा २३ वटा रहेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए ।

यसै गरी, ११४ वटा सक्कली र १२२ वटा नक्कली गरी २३६ वटा गुँड भेटिएको जनाइएको छ । गत वर्ष निकुञ्जमा २१३ वटा सुनौलो तोप चरा अभिलेख गरिएको थियो । सङ्कटापन्न अवस्थामा रहेको यो प्रजातिका चराको सङ्ख्या र अवस्था अद्यावधिक गर्ने उद्देश्यले निकुञ्ज र नेपाल पंक्षी संरक्षण सङ्घ ९बिसिएन० ले हरेक वर्ष सुनौलो तोप चराको गणना गर्दै आएको चराविद् हिरुलाल डंगौराले जानकारी दिए ।

विश्व प्रकृति संरक्षण सङ्घ ९आइयुसिएन० को रातो सूचीमा रहेको सुनौलो तोप चरा नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमामात्रै पाइने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस