अमेरिकामा गोलीबारी हुँदा चार जनाको मृत्यु, १४ जना घाइते

द एभरेष्ट पोष्ट
२० असार २०८२ ११:५३
अमेरिकामा गोलीबारी हुँदा चार जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं : अमेरिकाको शिकागोस्थित एक नाइटक्लब बाहिर भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएको प्रहरीले जनाएको छ।
शिकागो प्रहरीले स्थानीय समय अनुसार राति ११ बजेतिर गाढा रंगको कार क्लबबाट गएको थियो। भित्र रहेका बन्दुकधारीले बाहिरका मानिसमाथि गोली चलाएको बताएको छ।

बीबीसीको अमेरिका सम्बद्ध संस्था सीबीएस न्यूजका अनुसार र्‍यापर मेलो बक्जको एल्बम रिलिज पार्टी पछि मानिसको भीड नाइटक्लबबाट बाहिर निस्किरहेको थियो।

प्रहरीले गाडी तुरुन्तै घटनास्थलबाट भागेको र अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा नलिइएको बताएको छ।

गोलीबारीमा घाइते भएकालाई विभिन्न अस्पतालमा लगिएको छ। प्रहरीले २४ र २५ वर्षका दुई पुरुष र २६ र २७ वर्षका दुई महिलाको मृत्यु भएको जनाएको छ।

अस्पतालमा भर्ना भएका कम्तीमा चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ। गोलीबारीमा घाइते र मृत्यु हुनेको पहिचान अझै खुलाइएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस