गाजामा राहत केन्द्र नजिकै गोलीबारी, ६ प्यालेस्टिनीको मृत्यु

द एभरेष्ट पोष्ट
२६ जेठ २०८२ १२:२५
गाजामा राहत केन्द्र नजिकै गोलीबारी, ६ प्यालेस्टिनीको मृत्यु

काठमाडौं : दक्षिणी गाजामा राहत वितरण केन्द्र नजिकै इजरायली सेनाको गोली लागेर ६ जना प्यालेस्टिनीको मृत्यु भएको छ। हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताका अनुसार गोलीबारी हुँदा धेरै जना घाइते भएका छन्।
शनिबार बिहान मानिसहरू खाद्यान्न लिन राहत केन्द्र पुगेको बेला गोलीबारी सुरु भएको प्रत्यक्षदर्शीले बताए। यसैबीच, इजरायली सेनाले एक संदिग्ध व्यक्ति आफूतिर आउँदै गरेको कारणले मात्र चेतावनीस्वरूप गोली चलाएको बताएको छ।

राहत केन्द्रहरूमा पुग्ने प्रयास गर्दा यस हप्ता धेरै प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। अमेरिका र इजरायल समर्थित गाजा मानवीय फाउन्डेसन (आईडीएफ)ले सुरक्षा र भीड नियन्त्रण सुनिश्चित गर्न राहत वितरण अस्थायी रूपमा रोकेको बताएको छ।

यसका बाबजुद पनि मानिसहरू इजरायली सैन्य क्षेत्रसँग सिमानामा पर्ने चौबाटोमा हरेक दिन भेला भएर राहत केन्द्रमा जाने गर्छन्। इजरायल रक्षा बलले विज्ञप्तिमा गाजाका मानिसहरूलाई रातमा सक्रिय युद्ध क्षेत्र भएको पहिले नै जानकारी गराइसकेको जनाएको छ।

हमासबाट धम्की आएकाले शनिबार खाना वितरण गर्न नसक्ने आईडीएफले बताएको छ। तर हमासले आरोपलाई अस्वीकार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस