अमेरिकी राष्ट्रपति ट्रम्प र मस्कबीच विवाद

द एभरेष्ट पोष्ट
२४ जेठ २०८२ १३:३१
अमेरिकी राष्ट्रपति ट्रम्प र मस्कबीच विवाद

अमेरिका  : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र एलोन मस्कबीच विवाद सुरु भएको छ। राष्ट्रपति ट्रम्पले संघीय अमेरिकी सरकारका कामहरूबाट मस्कको कम्पनीलाई हटाइदिने धम्की दिएका छन्। ती काम मस्कको स्पेसएक्स कार्यक्रमका निम्ति आधार स्तम्भ हुन्।

ट्रम्पको धम्कीपश्चात् मस्कले उनलाई महाभियोग लगाउन आह्वान गरेका छन्। उनले हिम्मत भए आफ्नो कम्पनीलाई प्राप्त सरकारी अनुदान हटाइदिन भनेका छन्।

साथै उनको कम्पनीको ड्र्यागन स्पेस क्राफ्टलाई फिर्ता गर्ने कार्य तेज बनाउने पनि चेतावनी दिए। अमेरिकी अन्तरिक्ष यात्रुहरूलाई ओसारपसार गर्न र इन्टरनेशनल स्पेस स्टेसनमा आपूर्ति गर्न अमेरिका सो स्पेसक्राफ्टमा निर्भर छ।

ट्रम्पकी प्रेस सेक्रेटरी क्यारोलीन लेभिटले मस्कले लगाएको आरोपको हलुका प्रतिवाद गरकी छन्। उनले भनिन्, ‘एलन मस्क जे गर्दै छन्, त्यो दुर्भाग्यपूर्ण हो। उनी ‘वन बिग ब्यूटीफुल बिल’बाट असन्तुष्ट छन्। किनभने त्यसमा उनी लागू गर्न चाहेका नीतिहरू समावेश छैनन्।’

एलन मस्कले सायद ट्रम्प प्रशासनसँगको लडाइँ नजित्लान्, तर उनले ट्रम्प र रिपब्लिकन पार्टीसँग ठूलो राजनीतिक र व्यक्तिगत मूल्य असुल्न सक्छन्। ट्रम्पलाई सायद यसको आभास भइसकेको थियो, त्यसैले उनले दिनको अन्त्यसम्म यो गर्मागर्मी कम गर्ने प्रयास गरे। ह्वाइट हाउसको प्रहरी सम्मान कार्यक्रममा मस्कको सार्वजनिक उपस्थितिको क्रममा उनले मस्कमाथि कुनै टिप्पणी गरेनन्।

यद्यपि ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, ‘मस्कविरुद्ध जान उनलाई कुनै आपत्ति छैन। राम्रो हुन्थ्यो यदि मस्कले महिनौँ अगाडि नै सरकारी सेवा छाडेका भए।’” त्यसपछि उनले आफ्नो “बिग ब्यूटीफुल” कर व्यय कानुनको प्रचार गर्ने कुरा गरे।

बिहीबार दुवैबीच भएको घमासान वाकयुद्धपछि यो तनाव चाँडै कम हुने सम्भावना देखिँदैन। करिब चार महिना डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिअन्सी ९डोज० हाँकेका मस्कले अर्बौ डलर खर्च कटौती गरिदिएको दाबी गरेका थिए र गत सातामात्रै उक्त अभियानबाट उनको बहिर्गमन हुँदा ट्रम्पले उक्त कार्यलाई प्रशंसा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस