नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली नियुक्त

काठमाण्डौं, २२ जेठ ।
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत(सिईओ) मा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले राजिनामा दिएपछि ज्ञवालीले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका थिए ।
बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।