म स्तब्ध छु : माधव नेपाल

द एभरेष्ट पोष्ट
२३ जेठ २०८२ १५:५८
म स्तब्ध छु  : माधव नेपाल

काठ्माण्डौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफूलाई भ्रष्टाचारको मुद्दा लगाईएकोमा स्तब्ध भएको बताएका छन् ।

नेपालले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको बताए ।  उनले पत्रकारहरुसंगको संक्षिप्त प्रतिक्रियामा भने, म स्तब्ध छु ।

पार्टी कामको सिलसिलामा रौतहटमा रहेका नेपालले पार्टी कार्यालयमा जिल्ला नेताहरूसँगको भेटमा यस्तो बताएका हुन् ।

‘मैले आजसम्म कहिल्यै कुनै भ्रष्टाचार गरेको छैन । तर, मविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको समाचारहरू आएका छन् । त्यसैले म अब काठमाडौं जाँदैछु,’ नेपालले भने ।

उनले आफू सधैं सुशासनको पक्षमा अडिग रहेकाले कसैले भ्रष्टाचारी सिद्ध गर्न नसक्ने भन्दै कार्यकर्तालाई निराश नहुन आग्रह गरेको एक जिल्ला नेताले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

Sexuality education is quietly ignored in Kailali schools

१७ असार २०८२ १३:२१

खोज्नुहोस