राजतन्त्र माग्नेहरू देख्दा दया लागेर आउँछ : ओली

द एभरेष्ट पोष्ट
२० जेठ २०८२ १४:४३
राजतन्त्र माग्नेहरू देख्दा दया लागेर आउँछ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दास मानसिकता बोकेका मानिसहरू नागरिक सर्वोच्चता छाडेर राजतन्त्रको पक्षमा उभिएको टिप्पणी गरेका छन् ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नागरिक सर्वोच्चता छाडेर एउटा परिवारले सधैँ शासन गर्न पाउनुपर्छ भन्नेहरूको मानसिक दरिद्रता देख्दा पनि विचित्र लागेको बताए ।

उनले भने, ‘कस्तो मानसिक दरिद्रता ? आज स्कुल क्याम्पस गएका, विश्वका समाचार सुनेका, ठूलाठूला देशहरू निर्वाचित जनप्रतिनिधिले चलाएका देखेकै छन् त ? सबैभन्दा ठूलो जनसङ्ख्या भएको चीन निर्वाचित जनप्रतिनिधले चलाएका छन्, भारत, अमेरिका पनि निर्वाचित जनप्रतिनिधिले चलाएका छन्, अरू ठूला देशहरू पनि, केही देशमा राजतन्त्र खुम्चिएर साँच्चै शेरमोनियल भएर टिकेको छ । दुनियाँबाट राजतन्त्रको औचित्यको न वैज्ञानिकता छ, न न्यायिकता छ । केही छैन ।’

राजतन्त्रको माग लिएर आउनेहरूको चेतना देख्दा दया लागेर आउने ‌ओलीले टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस